
काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले शतप्रतिशत लाभांश प्रस्ताव गर्दै पुस २९ गते २० औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको रजिष्टर्ड कार्यालय पर्सा , बिरगञ्जमा सभा बोलाएको हो । कम्पनीको पुस २ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ५० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ५० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
कम्पनीले साधारण सभा प्रयोजनका लागि पुस १७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १६ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्नृ र सभामा भाग लिन पाउनेछन् । हाल कम्पनीको चुक्तापूँजी ५७ करोड ८४ लाख ६४ हजार रुपैयाँ छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्नेछ ।
प्रतिक्रिया दिनुहोस