aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

एनसीसी बैंकको पनि लाभांश आयो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ पुस २०७७
एनसीसी बैंकको पनि लाभांश आयो

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी)ले शेयरधनीका लागि लाभांश घोषणा गरेको छ । बैंकले  गत आर्थिक वर्ष २०७६र७७ को नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

बैंक सञ्चालक समितिको शुक्रबार बसेको ८१८ औं बैठकले १०.२६९५ प्रतिशत बोनस शेयर र करका लागि ०.५४०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् ।

उक्त लाभांश बैंकको गत आर्थिक वर्ष ०७६/७७ को वितरणयोग्य रकमबाट हाल कायम चुक्तापूँजी ९ अर्ब ३५ करोड ३९ लाख १६ हजार रुपैयाँको आधारमा प्रस्ताव गरिएको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारण सभाले पारित गरेपछि वितरणयोग्य हुनेछ ।
 

प्रतिक्रिया दिनुहोस