aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

महँगो रकममा भिजिट भिसामा नेपाली कामदार खाडी पठाउँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ पुस २०७७
महँगो रकममा भिजिट भिसामा नेपाली कामदार खाडी पठाउँदै

काठमाण्डौं  । वैदेशिक रोजगार विभागमा दर्ता कायम रहेको दर्ता नं.१२५९/०७३/०७४  एस.आर.ग्रप नेपालले भिजिट भिसामा सयौंको संख्यामा नेपाली कामदारहरु वैदेशिक रोजगारमा पठाएको  प्रमाण भेटिएको छ । म्यानपावरका सञ्चालक राधामोहन जैसवालले गत हप्तामात्रै दर्जनबढी कामदारलाई  जनही एकलाख पचास हजारदेखि तीन लाखसम्म रकम लिएर भिजिट भिसामा वैदेशिक रोजगारीमा  पठाएको खुल्न आएको छ ।  

उक्त म्यानपावरका सञ्चालक जैसवालले नक्कली टिकट र कागजात बनाएर वैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरुसँग रकम उठाईरहेको खुल्न आएको छ । भुलन मुखिया पासपोर्ट नं.११८०६०९४ राम  बाबु प्रसाद रौनियार पासपोर्ट नं.१०४६८०३८ लगायत दर्जनौ बेरोजगार युवाहरुसँग एकलाख पचास हजारका दरले रकम उठाएर जैसवालले अकुत सम्पत्ती असुलेका छन् ।

 यी युवाहरु वैदेशिक रोजगारीमा  जानको लागि तीन महिनादेखि काठमाडौंका म्यानपावर बजारस्थित होटलमा बसेका छन्। गाउँमा जमिन  साहुको नाममा दिएर सयकडा पाँचका दरले ऋण लिएर वैदेशिक रोजगारीमा जान आएका थिए ।  म्यानपावर र एजेन्ट गोरख राउत कुर्मीले लामो समयसम्म वैदेशिक रोजगारीमा नपठाएपछि उनीहरुले पैसा फिर्ता मागेका थिए । अन्तिम समयमा आएर सञ्चालक जैसवाल र एजेन्ट गोरख राउत कुर्मीले  उनीहरुलाई भिजिट भिसामा वैदेशिक रोजगारीमा पठाउने तयारी गरेको श्रोतले उल्लेख गरेको छ ।  

जैसवालको एकल स्वामीतव रहेको (एस.आर ग्रुप नेपाल) र संचालक जैसवालले नक्कली कागजात  बनाएर रकम असुलेका सक्कल प्रमाण र पिडितसँगको कल रेकर्ड सुरक्षित रहेका छन् । राधामोहन  जैसवालका एजेन्ट गोरख पटेल भनेर चिनिने गोरख राउत कुर्मी लगायत दर्जनौको संख्यामा रहेका जैसवालका एजेन्टहरुले तराईका सोझा र गरिब युवाहरुलाई ठगेको प्रमाण सुरक्षित रहेको छ । उनीहरुले  नककली भिसा र प्लेन टिकट देखाएर रकम असुलीरहेको श्रोतको दावी छ । 

जैसवालको एस.आर.गु्रप  नेपालबाट कतिको संख्यामा नेपाली कामदार भिजिट भिजामा वैदेशिक रोजगारीमा गए भन्ने अनुसन्धान  भइरहेको छ । विश्व भरी फैलिएको कोभिडका कारण गत वर्ष चैत्र ११ देखि सरकराले मुलुकभर  बन्दाबन्दी गरेको थियो । लकडाउन र अन्तराष्ट्रिय उडान खुकुलो भएपछि म्यानपावर कम्पनी,एजेन्ट र  मानव तस्करहरुले रोजगारीमा जाने नागरिकसँग ठूलो मात्रामा रकम असुली गर्दै भिजिट भिसामा वैदेशिक  रोजगारीमा पठाउँदै आएका छन । 

वैदेशिक रोजगार विभागले गत हप्ता एकै दिन चार म्यानपावर र केही  ट्राभल्स एजेन्सीमा छापा मारेपछि भिजिट भिसामा सेटिङ गरेर वैदेशिक रोजगारीमा जाने क्रम केही कम भए पनि कर्मचारीको सरुवासँगै म्यानपावर,एजेन्ट र ट्राभल्सहरुले सेटिङको अर्को बाटो खोजिरहेको सुचना  प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस