
काठमाडौं । स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको पुस ३ गतेको सञ्चालक समितिको बैठकले १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी रू. ७९ करोड २३ लाख ९९ हजार छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्नेछ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बेंकको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ ।
प्रतिक्रिया दिनुहोस