
काठमाडौं । आशा लभुवित्त वित्तीय संस्था लिमिटेडको चौथो वार्षिक साधारणसभा पुस २५ गते शनिबारका लागि तय गरेको छ । कम्पनीले नुवाकोटको ककनीमा रहेको फल एण्ड ट्राउट भिलेज होतल एण्ड रेस्टुरेन्टमा विहान ११ बजे सभा बोलाएको हो । कम्पनीले साधारणसभामा उपस्थित हुने शेयरधनी र सञ्चलकहरुलाई कोरोना भाइरसको जोखिमलाई ध्यानमा राखि सरकारले लागु गरेको स्वास्थ्य मापदण्ड अनिवार्य पालना गरी उपस्थित हुन अनुरोध गरेको छ ।
उक्त सभाले आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट चुक्ता पूँजीको १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । हाल कम्पनीको चुक्तापूँजी रु २३ करोड २२ लाख ८८ हजार रहेको छ । कम्पनीले पुस १२ गते एक दिन शेयर दाखिला खारेज दर्ता बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । सभाले अन्य लघुवित्त संस्थाहरु गाभ्ने÷गाभिने, प्राप्ति गर्ने तथा खरिद सम्बन्धी प्रक्रिया अगाडि बढाउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्ने छ ।
प्रतिक्रिया दिनुहोस