aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

लिन्च स्टक मार्केटको साधारण सभा पुस २६ मा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ पुस २०७७
लिन्च स्टक मार्केटको साधारण सभा पुस २६ मा

काठमाडौं । लिन्च स्टक मार्केट लिमिटेडले १३औं वार्षिक साधारणसभा पुस २६ गते बोलाएको छ । कम्पनीले दिउँसो ४ बजे कम्पनीको कार्यालय नयाँ बानेश्वर काठमाडौंमा सभा बोलाएको हो । 

सभामा पूँजी वृद्धिको लागि हकप्रद शेयर जारी गर्ने सम्बन्धी छलफल हुने छ । त्यस्तै आर्थिक वर्ष ०७६/७७ मा भएको नाफाबाट सम्पूर्ण शेयरधनीहरुलाई बोनश शेयर र नगत लाभांश वितरण गर्ने सम्बन्धमा पनि छलफल हुने बताइएको छ । प्रबन्धपत्र तथा नियमावलीको संसोधनको लागि संचालक समितिलाई पूर्ण अख्तियारी दिने बारे पनि छलफल हुने छ । 

प्रतिक्रिया दिनुहोस