
काठमाडौं । सोल्टी होटलले पुस २९ गते ४६औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको रजिष्टर्ड कार्यालय ताहाचल, काडमाढौंमा विहान ११ बजे सभा बोलाइएको हो ।
सभा भर्चुअल माध्यमबाट हुनेछ । यस वर्ष कम्पनीले लाभांश प्रस्ताव भने गरेको छैन् । कोरोना महामारीका कारण व्यवसाय प्रभावित बनेपछि यस वर्ष सोल्टीका लगानीकर्ताहरुको हात खाली हुने भएको हो ।
सभाले गत वर्षको वार्षिक प्रतिवेदन पारित र चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण लगाएतका विषय पारित गर्नेछ । सभा प्रयोजनका लागि पुस १५ गतेदेखि बुक क्लोज गर्ने जानकारी कम्पनीले दिएको छ ।
प्रतिक्रिया दिनुहोस