
काठमाडौं । लक्ष्मी लघुवित्तले कुल २३ दशमलव १६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको पुस ३ गतेको सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण गर्ने गरी उक्त लाभांश प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांशमा १५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत गरी ८ दशमलव १६ प्रतिशत नगद रहेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी रू. २७ करोड ८३ लाखको आधारमा लाभांश वितरण गर्ने जानकारी दिएको हो ।
प्रतिक्रिया दिनुहोस