
काठमाडौं । युनाइटेड इदी–मर्दी एण्ड आरवि हाईड्रोपावर लिमिटेडको शेयरमूल्य पहिलो कारोबार दिनमै ९ दशमलव ८० प्रतिशतले बढेको छ । यो दिन कम्पनीकोे शेयरमूल्य प्रतिकित्ता २९ रुपैयाँले बढेर अन्तिम मूल्य ३२५ रुपैयाँ पुगेको हो ।
कम्पनीले पुस ३ गते धितोपत्र दोस्रो बजारमा संस्थापक र सर्वसाधारण तर्फको गरी कुल ४२ लाख कित्ता शेयर सूचीकृत गराएको थियो । नेप्सेले सुरुवाती कारोबारका लागि प्रतिकित्ता ९८ दशमलव ७९ देखि २९६ दशमलव ३७ रुपैयाँसम्मको मूल्य रेञ्ज तोकेको थियो ।
सोही अनुसार प्रतिकित्ता २९६ रुपैयाँमा आइतवार यस कम्पनीको शेयरमूल्य खुला भएको हो । यो दिन न्यूनतम २९६ रुपैयाँदेखि अधिकतम ३२५ रुपैयाँसम्म कम्पनीको शेयर कारोबार भएको छ । पहिलो कारोबार दिन कम्पनीको १८ हजार ४० कित्ता शेयर ५८ लाख ५७ हजार ७०० रुपैयाँमा खरिद विक्री भएको छ । आइतवार ९६ दशमलव ८८ अंक घटेको बजारमा यस कम्पनीको शेयरमूल्य सर्वाधिक बढेको हो ।
प्रतिक्रिया दिनुहोस