aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

अपि पावरको अवितरित हकप्रद लिलामीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ पुस २०७७
अपि पावरको अवितरित हकप्रद लिलामीमा

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले आजदेखि अवितरित हकप्रद शेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको छ । कम्पनीले १३ लाख ४६ हजार २ सय १८ कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको हो । 

कार्तिक १४ गते, शुक्रबारदेखि मंसिर ४ गते बिहीबारसम्म निष्कासन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन नपरेको सर्वसाधारण समूहको शेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिएको कम्पनीले जनाएको छ । लगानीकर्ताले आज (पौष ६ गते, सोमबार) बाट पौष १३ गते सोमबारसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

उक्त शेयरको न्यूनतम मूल्य प्रतिशेयर एक सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले न्युनतम एक सय कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० ले भाग जाने गरि सम्पूर्ण शेयरका लागि आवेदन दिन सक्नेछन् । 

लगानीकर्ताहरुले सिद्धार्थ क्यापिटल लिमिटेड, नक्साल काठमाडौँ तथा सिद्धार्थ बैंक लिमिटेडका विराटनगर, विरगंज, जनकपुर, विर्तामोड, हेटौँडा, नारायणघाट, पोखरा, बुटवल, बागलुङ, घोराही, सुर्खेत, नेपालगञ्ज, महेन्द्रनगर तथा धनगढीका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस