
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौं वार्षिक साधारण पुस २७ गते हुने भएको छ । पोखरा ग्राण्ड होटल, पोखरामा विहान ११ बजे सभा हुने भएको हो ।
सभाले गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश प्रस्ताव समेत पारित गर्नेछ । साथै अन्य कुनै लघुवित्त कम्पनीसँग गाभ्ने गाभिने एवम् प्राप्ती गर्ने भएमा त्यसको सम्पूर्ण जिम्वेवारी पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय पनि सभाले गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि पुस १४ देखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएकाले पुस १३ गतेसम्मका शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
प्रतिक्रिया दिनुहोस