
काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दशौं वार्षिक साधारण सभा पुस २७ गते गर्ने भएको छ । सभा शेयर मार्केट्स कमर्सिल कम्प्लेक्स पुतलीसडक, काठमाडौंमा बिहान ९ बजे गर्ने भएको हो ।
सभाले १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ । साथै आव २०७७/७८ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारीत गर्नेछ । कम्पनीको पुस ५ गते बसेको सञ्चालक समितीको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस