aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

माउन्टेन हाइड्रो नेपालको प्रथम साधारण सभा पुस २७ मा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ पुस २०७७
माउन्टेन हाइड्रो नेपालको प्रथम साधारण सभा पुस २७ मा

 काठमाडौं । माउन्टेन हाइड्रो नेपालको चौथो तथा पाँचौ वार्षिक साधारण सभा पुस २७ गते हुने भएको छ । कम्पनीले सभा कालिमाटी बैंक्वेटमा बिहान ११ बजे बोलाएको हो । सभाले आव २०७५/७६ र आव २०७६/७७ को सयुक्त वार्षिक प्रतिवेदन पारित गर्नेछ । 

साथै बर्तमान सञ्चालक समितीको कार्यकाल पुरा भएकाले कम्पनी ऐन अनुसार नयाँ सञ्चालक समितीको निर्वाचन गर्ने प्रस्ताव समेत सभाका लागि तय भएको छ । साधारण सभा भर्चुअल माध्यमबाट गर्ने कम्पनीले जानकारी दिएको छ ।

साधारण सभा प्रयोजनको लागि पुस १३ गते देखि पु्स २७ गतेसम्म बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा पुस १२ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् ।
 

प्रतिक्रिया दिनुहोस