aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

साना किसान लघुवित्तले बोलायो पुस २८ गते साधारणसभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०७ पुस २०७७
साना किसान लघुवित्तले बोलायो पुस २८ गते साधारणसभा

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २८ गते १९औं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले रजिष्टर्ड कार्यालय सुविधानगर तिनकुनेबाट भिडियो कन्फ्रेन्समार्फत बिहान ११ बजे सभा गर्ने तयारी गरेको हो । 

सभा भर्चुअल माध्यमबाट हुनेछ । सभाले प्रस्तावित २५ प्रतिशत बोनस शेयर र १.३२ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी  १ अर्ब २ लाख २९ हजार रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा लाभांश वितरण हुनेछ ।

 सभाले यस वित्तीय संस्थाको प्रबन्धपत्रमा व्यवस्था भएको जारी र चुक्तपूँजी  १ अर्ब २ लाख २९ हजार ४२५ रुपैयाँबाट वृद्धि गरी  १ अर्ब २५ करोड १५ लाख ३० हजार ९८२ रुपैयाँ कायम गर्न र सोही अनुसार मिलान गर्न प्रबन्धपत्रको दफा ५ मा संशोधन गर्ने प्रस्ताव पनि परित गरिने छ ।
 
साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस १६ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १६ गतेभन्दा अघिल्लो दिनसम्म काय शेयरधनीहरु सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस