aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

प्राइम लाइफ इन्स्योरेन्सको साधारणसभा पुस २७ मा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०७ पुस २०७७
प्राइम लाइफ इन्स्योरेन्सको साधारणसभा पुस २७ मा

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १३औं वार्षिक साधारणसभा पुस २७ गते सोमबार हुने भएको छ । कम्पनीले प्रधान कार्यालयमा बिहान ११ः३० बजे सभा हुने भएको हो । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीलाई ध्यान राखी भर्चुअल माध्यमबाट सभा गर्ने तयारी कम्पनीले गरेको छ । यसर्थ सभामा सहभागी हुनेहरुलाई आइडी र पासवर्ड उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ ।  

सभाले ८ प्रतिशत नगद लाभांश र ७ प्रतिशत बोनश शेयर दिने प्रस्ताव पारित गर्ने छ भने सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने छ । सभाले बोनश शेयर पश्चात हदसम्म जारी गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

हाल कम्पनीको चुक्तापूँजी २ अर्ब २५ करोड ८९ लाख ३१ हजार रुपैयाँ रहेको छ । साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । यस आधारमा पुस १७ गतेभन्दा अघिल्लो दिनसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् । 

प्रतिक्रिया दिनुहोस