aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

वोमी लघुवित्त वित्तीय संस्थाको साधारण सभा पुस २८ मा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०७ पुस २०७७
वोमी लघुवित्त वित्तीय संस्थाको साधारण सभा पुस २८ मा

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाले साधारण सभा पुस २८ गते गर्ने भएको छ । कम्पनीले सभा बनेपा नगरपालिका १३ साँगा काभ्रेपलान्चोक स्थित लहरी खर्क प्यालेसको सभाहलमा बिहान ११ बजे गर्ने जानकारी गराएको हो ।

सभाले ३० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ । साथै वोमी लघुवित्त र ग्रामीण स्वर्यसेबक लघुवित्त एक आपसमा मर्ज हुने सो प्रयोजनको लागि दायित्व मूल्लयाङकनका आधारमा निर्धारण गरेको शेयर स्वाप रेशियो पारित गर्ने लयगर्ने लगायतका प्रस्तावहरु पनि पारीत गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका पुस १५ गते देखि २८ गते सम्म बन्दरहने कम्पनीले जानकारी गराएको हो । हाल मर्जर प्रक्रियाको लागि कम्पनीको शेयर कारोबार दोस्रो बजारमा रोक्का रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस