
काठमाडौं । १० कम्पनीले साधारण सभा आह्वान गरेका छन् । १० कम्पनीले फरक फरक मितिमा साधारण सभा आह्वान गरेका हुन् ।
हेरौँ, कुन कम्पनीको कहिले हुँदैछ ?
त्रिशुली जलविद्युत कम्पनी
त्रिशुली जलविद्युत कम्पनीले नबौ वार्षिक साधारण सभा पुस २८ गते गर्ने भएको छ । कम्पनीले सभा नेपाल विद्युत प्राधिकरणको सभाहल दरबार मार्गमा अपरान्ह ३ः३० बजे गर्ने जानकारी गराएको हो । सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन पारीत गर्ने र आव २०७७/७८ को लागि लेखापरिक्षकको नियुक्त तथा पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारीत गर्नेछ ।
आरबिबि मर्चेन्ट बैंकिङ
आरबिबि मर्चेण्ट बैंकिङले वार्षिक साधारण सभा पुस २८ गते गर्ने भएको छ । कम्पनीले सभा राष्ट्रिय बाणिज्य बैंकको केन्द्रिय कार्यालय सिहदरबार प्लाजामा अपरान्ह ३ बजे गर्ने जानकारी गराएको हो । सभाले ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ । कम्पनीको पुस ५ गते बसेको सञ्चालक समितीको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।
सिंगटी हाइड्रो इनर्जी
सिंगटी हाइड्रो इनर्जीले एघारौ वार्षिक साधारण सभा पुस २९ गते गर्ने भएको छ । कम्पनीको सभाकक्ष दरबारमार्ग काठमाडौंमा दिनको ११ः३० बजे भर्चुअल माध्यमबाट गर्ने जानकारी गराएको हो । सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन पारीत गर्ने र आव २०७७/७८ को लागि लेखापरिक्षकको नियुक्ती तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारीत गर्नेछ । साथै नियमनकारी निकायहरुको निर्देशन तथा आवश्यकता बमोजिम प्रबन्धपत्र तथा संशोधनका लागि सञ्चालक समितीलाई पूर्ण अख्तियारी समेत सभाले गर्नेछ ।
हिमालयन पावर पार्टनर
हिमालयन पावर पार्टनरले वार्षिक साधारण सभा पुस २९ गते गर्ने भएको छ । कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितीको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका पुस १६ गते एक दिन बन्द रहने जानकारी गराएको छ । कम्पनीले सभामा लाभांश वितरण गर्ने प्रस्ताव भने गरेको छैन् ।
गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स
गुहेश्वरी मर्चेण्ट बैकिङ एण्ड फाइनान्स कम्पनीले वार्षिक साधारण सभा पुस २८ गते गर्ने भएको छ । कम्पनीले सभा गु्हेश्वरी भवन हरिहर भवन ललितपुरमा बिहान ११ बजे गर्ने जानकारी गराएको हो । सभाले ८ प्रतिशत बोनस शेयर र ३ दशमलव ४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ । साथै उपयुक्त कम्पनीसँग मर्जर वा एक्विजिशनमा जानु परेमा सम्पूर्ण कार्यको अख्तियारी सञ्चालक समितीलाई दिने प्रस्ताव पारीत गर्नेछ । साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका पुस २१ गते देखि २८ गते सम्म बन्द रहने कम्पनीले जानकारी गराएको छ । पुस २० गते सम्म कायम शेयरधनीले लाभांश पाउनेछन् । सभा भर्चुअल माध्यमबाट गर्ने जानकारी गराएको छ ।
गुँरास लघुवित्त
गुँरास लघुवित्त वित्तीय संस्थाले पुस २९ गते साधारण सभा आहवन गरेको छ । कम्पनीले सभा बिहान ११ बजे न्यू अञ्जली होटल धनकुटा ७ धनकुटामा गर्ने जानकारी गराएको हो । सभाले कम्पनीको सस्थापक समूह क मा ५ जना सञ्चालकहरु निर्वाचित गर्ने प्रस्ताव पारीत गर्नेछ । साथै आव २०७६/७७ को वार्षिक प्रतिवेदन पारीत गर्ने प्रस्ताव पारीत गर्नेछ । साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका पुस १५ गते देखि २९ गते सम्म बन्द रहने जानकारी गराएको छ । पुस १४ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।
अरुण भ्याली हाइड्रोपावर कम्पनी
अरुण भ्याली हाइड्रोपावर कम्पनीको साधारण सभा बुधवार हुदैछ । कम्पनीको सभाकक्ष थापाथलीमा बिहान ११ बजे सभा भर्चुअल माध्यमबाट हुने भएको हो । सभाले ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव २६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ । साथै बोनस शेयर वितरण पछि कायम हुने चुक्ता पूँजीको १ बरावर शून्य दशमलव ५ (१ः०.५) को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारीत गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर २६ गतेदेखि बुक क्लो जगरेकाले मंसिर २५ गते सम्म कायम शेयरधनीले मात्र उक्त लाभांश पाउनेछन् ।
ग्रामिण स्वयंसेवक लघुवित्त
ग्रामिण स्वयंसेबक लघुवित्तले तेस्रो वार्षिक साधारण सभा पुस २८ गते गर्ने भएको छ । कम्पनीको सभाहल हरिवन ११ सर्लाहीमा बिहान ११ बजे गर्ने जानकारी गराएको हो । सभाले वोमी लघुवित्त र यस ग्रामिण स्वयंसेवक लघुवित्तीय एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा सञ्चालक समितीको तर्फबाट प्रतिवेदन छलफल गरी पारीत गर्ने रहेको छ । साथै यी दुई कम्पनी गाभिएपछि बन्ने कम्पनीको नाम वोमी लघुवित्त वित्तीय संस्था र केन्द्रिय कार्यालय बनेपा नगरपालिका वाड नं १४ साँगामा राख्ने प्रस्ताव पारीत गर्नेछ । कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितीको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।
ङादी ग्रुप पावर कम्पनी
ङादी ग्रुप पावर कम्पनीले सातौ वार्षिक साधारण सभा पुस २८ गते गर्ने भएको छ । कम्पनीको रजिष्टर्ड कार्यालय हनुमानस्थान अनामनगरमा बिहान १० बजे साधारण सभा गर्ने जानकारी गराएको हो । सभाले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ । साथै २०७७/७८ को लागि लेखापरिक्षकको नियुक्ती एव पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारीत गर्नेछ । बोसन शेयर वितरण पछि कायम हुने चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव समेत पारीत गनेृछ । साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका पुस १५ गते एक दिन बन्द रहनेछ । पुस १४ गते सम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितीको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।
वोमी लघुवित्त वित्तीय संस्था
वोमी लघुवित्त वित्तीय संस्थाले साधारण सभा पुस २८ गते गर्ने भएको छ । कम्पनीले सभा बनेपा नगरपालिका १३ साँगा काभ्रेपलान्चोक स्थित लहरी खर्क प्यालेसको सभाहलमा बिहान ११ बजे गर्ने जानकारी गराएको हो । सभाले ३० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ । साथै वोमी लघुवित्त र ग्रामीण स्वर्यसेबक लघुवित्त एक आपसमा मर्ज हुने सो प्रयोजनको लागि दायित्व मूल्लयाङकनका आधारमा निर्धारण गरेको शेयर स्वाप रेशियो पारित गर्ने लयगर्ने लगायतका प्रस्तावहरु पनि पारीत गर्नेछ । साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका पुस १५ गते देखि २८ गते सम्म बन्दरहने कम्पनीले जानकारी गराएको हो । हाल मर्जर प्रक्रियाको लागि कम्पनीको शेयर कारोबार दोस्रो बजारमा रोक्का रहेको छ ।
प्रतिक्रिया दिनुहोस