aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

कहिले बाँडफाँट हुन्छ प्रभु लाइफको आईपीओ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०७ पुस २०७७
कहिले बाँडफाँट हुन्छ प्रभु लाइफको आईपीओ ?

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ चाडै नै बाँडफाँट गर्ने तयारी गरिएको छ । हालसम्मकै बढी आवेदन परेको प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ ढिलोमा बिहीवारसम्म बाँडफाँट गर्ने तयारी गरिएको हो । 

डाटा भेरिफाइको काम अन्तिम चरणमा रहेकाले बिहीवारसम्ममा बाँडफाँट गरिसक्ने विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । आजै प्रि अलोटमेण्ट गर्ने गरी काम भैरहेको बताउँदै क्यापिटलले आज नभ्याए भोलीसम्म प्रि अलोटमेण्ट गरी पर्सि बाँडफाँट गर्ने गरिएको जनाइएको छ । 

प्रभु इनस्योरेन्सले मंसिर २९ गतेदेखि पुस २ गतेसम्म सार्वजनिक निष्कासन मार्फत ५४ लाख कित्ता आईपीओ विक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारणका लागि छुट्याईएको कुल ६० लाख कित्ता आईपीओ मध्य ३ लाख कित्ता कम्पनीको कर्मचारीहरुका लागि र ३ लाख कित्ता सामूहिक लगानीकोषका लागि छुट्याएको छ । यो आईपीओले आवेदक संख्यामा हालसम्मकै रेकर्ड तोडेको छ । विक्री प्रबन्धकका अनुसार १० लाख ८२ हजार २२९ आवेदकबाट २ करोड ९३ लाख ६७ हजार २४० कित्ताको माग भएको छ । जुन मागभन्दा ५ गुणा बढी आवेदन हो । 

प्रतिक्रिया दिनुहोस