aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

नेपाल लाइफको लाभांश ५१ प्रतिशत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०७ पुस २०७७
नेपाल लाइफको लाभांश ५१ प्रतिशत

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले शेयरधनीलाई ५१ प्रतिशत लाभांश दिने भएको छ । मंगलबार सेको कम्पनीको ३११औं सञ्चालक समितिको बैठकले आर्थिक वर्ष  २०७५।७६ को नाफाबाट ३१ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश  दिने निर्णय गरेको हो ।

हाल नेपाल लाइफको चुक्ता पुँजी ५ अर्ब ४९ करोड ६१ लाख रुपैयाँ छ । बोनस शेयर वितरण गरेपछि कम्पनीको चुक्ता पुँजी ७ अर्ब १९ करोड पुग्ने छ । कम्पनीको जगेडा कोषमा ३ अर्ब ६६ करोड रुपैयाँ रहेको छ ।  बीमा समितिको स्वीकृति र साधारण सभाबाट पास गरेपछि लगानीकर्ताले सो मात्रामा लाभांश पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस