
काठमाडौं । मिस यूनिभर्स नेपालका लागि नयाँ फ्रान्चाइजी ब्रेभ, बोल्ड एण्ड ब्यूटिफूलले ल्याएको यस वर्षको मिस यूनिभर्स नेपालको यही पुुस ७ गते मेरिएट होटोलमा भएको एक समारोहमा उत्कृष्ट १८ को छनौटको घोषणा भएको छ ।
भोटिङको परिणामको आधारमा नीना कान्त मन्डल सोसल एड्भोकेसी विजेता बनेर सिधै उत्कृष्ट १० मा पुग्न सफल भएकी छिन् । यस प्रतियोगितालाई लोकतान्त्रिक बनाउने हाम्रो उद्देश्यलाई फेरि एक पटकयस भोटिङले पुष्टि गरेको छ । यस मिस यूनिभर्स नेपालका विजेताले १० लाख रुपैयाँ नगद उपहार प्राप्त गर्ने छन् जुन नेपाली सौन्दर्य प्रतियोगिताहरु मध्यकै सर्वाधिक धन राशि हो ।
प्रतिक्रिया दिनुहोस