aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

स्ट्याण्डर्ड चार्टर्ड बैंकको २४ गते साधारणसभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ पुस २०७७
स्ट्याण्डर्ड चार्टर्ड बैंकको २४ गते साधारणसभा

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश पुस ८ गते बुधवारसम्म कायम शेयरधनीहरुले मात्र पाउनेछन् । बैंकले ७ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ४ दशमलव ८४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको होे । 

उक्त प्रस्ताव पारित गर्न बैंकले पुस २४ गते वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा र लाभांश प्रयोजनका लागि बैंकले पुस ९ गते बुक क्लोज गर्ने भएसँगै बुधवारसम्म कायम शेयरधनीहरु मात्र लाभांशका लागि योग्य भएका हुन । बिहीवारदेखि शेयर खरिद गर्नेहरुले बैंकको लाभाश पाउनेछैनन् ।
 

प्रतिक्रिया दिनुहोस