
काठमाडौं । हाइड्रोइलेक्ट्रसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी लिमिटेडले पुस २९ गते नबौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको कार्यालय हात्तिसार, काठमाडौंमा विहान ११ बजे सभा बोलाइएको हो । कोरोनाका कारण सभा भर्चुअल माध्यमबाट हुनेछ ।
सभाले गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै रित्त सञ्चालक एक जना नियुक्तिका लागि अवस्था सहज भएपनि निर्वाचन गर्ने सम्बन्धमा पनि निर्णय गर्नेछ ।
कम्पनीले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि ५० लाख रुपैयाँ सहयोग भुक्तानी गरेकाले उक्त सहयोग रकमको अनमोदन समेत सभाले गर्नेछ । सभा प्रयोजनका लागि पुस १७ गते एक दिन बुक क्लोज गर्ने मिति तय भएको छ ।
प्रतिक्रिया दिनुहोस