aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ शुक्रबार बाँडफाँड हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ पुस २०७७
प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ शुक्रबार बाँडफाँड हुने

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ शुक्रवार बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालय, नक्साल , काठमाडौंमा विहान ११ बजे आईपीओ बाँडफाँट हुने भएको हो । बिहीवारनै बाँडफाँटको तयारी गरेको भएपनि सिडिएस एण्ड क्लियरिङ लिमिटेडको राफसाफ कार्यलाई असर पुग्ने भएकाले शुक्रवार सारिएको विक्री प्रबन्धकको भनाई छ । आईपीओ प्रि अलोटमेण्ट भने बुधवारनै भएको थियो । 

प्रभु लाईफ इन्स्योरेन्सले मंसिर २९ गतेदेखि पुस २ गतेसम्म सार्वजनिक निष्कासन मार्फत ५४ लाख कित्ता आईपीओ विक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारणका लागि छुट्याईएको कुल ६० लाख कित्ता आईपीओ मध्य ३ लाख कित्ता कम्पनीको कर्मचारीहरुका लागि र ३ लाख कित्ता सामूहिक लगानीकोषका लागि छुट्याएको छ । 

यो आईपीओले आवेदक संख्यामा हालसम्मकै रेकर्ड तोडेको छ । विक्री प्रबन्धकका अनुसार १० लाख ८२ हजार २२९ आवेदकबाट २ करोड ९३ लाख ६७ हजार २४० कित्ताको माग भएको छ । जुन मागभन्दा ५ गुणा बढी आवेदन हो । हाल कम्पनीमा संस्थापक तर्फको मात्र १ अर्ब ४० करोड रुपैयाँ चुक्तापूँजी रहेको छ । जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने २ अर्ब रुपैयाँ पूँजी सर्वसाधारणमा आईपीओ विक्री गरेपछि कायम हुनेछ ।
 

प्रतिक्रिया दिनुहोस