
काठमाडौं । राष्ट्रिय बीमा संस्थानले जारी गरेका दुई प्रडक्टको बिमाङ्कीय रकम २०१६ मै २ अर्ब नपुग्ने देखिएको छ । बीमा संस्थानले जारी गरेको अग्रिम भुक्तानी र सावधिक दुई पोलिसीको बिमाङ्कीय रकम नपुग्ने देखिएको हो । ‘संस्थानले जारी गरेको दुई वटा पोलिसीमा २०१६ सम्म २ अर्ब रुपैयाँ बिमाङ्कीय मूल्यांकनमा नपुग्ने देखिएको बीमा समितिका अध्यक्ष चिरञ्जीवी चागागाईँले बताए ।
‘संस्थानले यसका लागि प्रारम्भिक रुपमा नै ५५ करोड रुपैयाँ व्यवस्था गर्नुुपर्ने देखएको छ,’ उनले भने ‘ ती प्रडक्टलाई रि–प्राइसिङ गर्नुपर्छ ।’ संस्थानको वित्तीय विवरणको सेन्सिटिभिटी विश्लेषण गर्दा ती प्रडक्टका कारण नोक्सान देखिएको हो ।
संस्थानको सन् २०१३ सम्मको वित्तीय विवरणमा बालबालिकाको प्रडक्ट पनि नोक्सानमा गएको देखिएको छ । उक्त प्रडक्टमा दुई करोड नोक्सान देखिएको छ । यस विषयमा राष्ट्रिय बीमा संस्थान भने अनविज्ञ छ । संस्थाले अहिलेसम्म २०१० सम्मको लेखा परीक्षण स्वीकृत भएको पत्र नपाएका कारण आफूलाई यस विषयमा जानकारी नभएको संस्थानका प्रशासक कविप्रसाद पाठकले बताए ।
२०६५/६६ देखि लेखा परीक्षण गर्न नसकेको संस्थानको पछिल्लो समय सन् २०१० (२०६८/६९) सम्मको लेखा परीक्षण स्वीकृत भएको छ । संस्थानले सो प्रतिवेदन २०७५ समितिमा पठाएको हो । लेखा परीक्षण प्रतिवेदन स्वीकृत भएपनि हालसम्म संस्थानले भने स्वीकृत भएको पत्र भने पाएको छैन ।
‘ती कुरा एक्चुरीले हेर्ने भएकोले हामीले यहि हो भन्न गाह्रो हुन्छ,’ उनले भने ‘ सायद ती प्रडक्ट कममात्र बिक्री भए होलान्, अनि घाटामा गएको होलो ।’
संस्थानले सन् २०१६ सम्मको वित्तीय विवरण तयार पारिसकेको संस्थानका प्रशासक पाठकले भने ‘२०६८/६९ सम्मको वित्तीय विवरण त भर्खरै पास भएको छ, अझ त्यसपछिका ३ वर्षको प्रतिवेदन समितिमा नै छ । उनले भने ‘हामीले २०१६ सम्मको लेखा परीक्षण प्रतिवेदन पनि आन्तरिक रुपमा तयार पारिरहेका छौ ।’
बीमा समितिले लेखा परीक्षण पास नभएसम्म बोसन रोक्न आदेश दिएको छ । समितिले अन्तिम आवको लेखा परीक्षण प्रतिवेदन पास नभएसम्म नाफा बाड्न नुहुने भन्दै बोनस रोक्न निर्देशन दिएको हो । विशेष त लामो समयदेखि लेखा परीक्षण हुन नसकेका राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनीको बोनस वितरणमा बीमा समितिले चासो देखाएको हो ।
प्रतिक्रिया दिनुहोस