
एजेन्सी । भारती नायिका बलिउडदेखि हलिउडसम्म आफ्नो ख्याति कमाएकी प्रियान्का चोपडाको ब्राण्डको भ्यालु सबैभन्दा बढी छ । यस अवस्थामा प्रियंकाले सलमान, शाहरुख, आमिर खान र अक्षय कुमारलाई पनि पछाडि पारेकी छिन ।
डिजिटल मिडिया र सामाजिक सञ्जाल हुर्ने अनलाइन(सेन्टिमेन्ट एनालिसिस कम्पनीले बुधवार भारतीय चलिचित्रका शीर्ष हस्तियोंको डाटा सार्वजनिक गरेको छ । उक्त रिर्पोटका अनुसार अगस्टदेखि अक्टुबर क्वार्टरमा प्रियंकाको ब्रान्ड वैल्यू २६५ करोड रुपैयाँ रहेको देखाएको छ ।
उक्त वेबसाइटले पहिलो त्रैमासिक विश्लेषण रिपोर्टमा सबैभन्दा ट्रेन्डि फिल्म स्टारहरूसँग सम्बन्धित छ । अगस्ट र अक्टूबर २०२० बीच २६ भारतीय फिल्म स्टारहरूले उनीहरूको सोशल मिडिया उपस्थिति र डिजिटल एन्गेजमेन्टको अध्ययनका आधारमा उक्त रिर्पोट बनाएको कम्पनीले जनाएको छ ।
चेकब्राण्डका रिपोर्टका अनुसार प्रियंका चोपडा जोन्सको अधिकतम ब्रान्ड वैल्यू २६५ करोड भारु छ भने उनका फलोअर्सहरू र सोशल मिडियाको संलग्नताका आधारमा स्टारहरुको ब्राण्ड भ्यालू अनुमान गरिएको छ । यसपछि अक्षय कुमार क्रमशः २६० करोड रुपैयाँ भारु र सलमान खान २५२ करोड रुपैयाँ भारु मूल्यका छन् । चौथो स्थानमा २११ करोडको मूल्यसहित दीपिका पादुकोण र पाँचौं स्थानमा २०९ करोड रुपैयाँ भारु सहित शाहरुख खान छन् ।
प्रतिक्रिया दिनुहोस