aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

चार कम्पनीको शेयरमूल्य समायोजन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० पुस २०७७
चार कम्पनीको शेयरमूल्य समायोजन

काठमाडौं । शुक्रवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले चार कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले एभरेष्ट बैंक, प्रभु बैंक, नेपाल बङ्गलादेश बैंक र आरएसडिसी लघुवित्त वित्तीय संस्थाको बोनस शेयर प्रयोजनका लागि शेयरमूल्य समायोजन गरेको हो ।

 आरएसडिसी लघुवित्तको ९ प्रतिशत बोनस शेयरपछिको मूल्य  ५८१ रुपैयाँ तोकेको छ भने एभरेष्ट बैंकको ५ प्रतिशत बोनस शेयरको मूल्य  ६८१ रुपैयाँतोकेको छ । नेप्सेले एभरेष्ट बैंकको बिहीवार कायम अन्तिम शेयर मूल्य ७१५ रुपैयाँको आधारमा र आरएसडिसी लघुवित्तको पनि बिहीवार कायम अन्तिम शेयरमूल्य ६३३ रुपैयाँको आधारमा शेयरमूल्य समायोजन गरेको जानकारी दिएको छ । 

त्यस्तै प्रभु बैंकको बिहीवार कायम अन्तिम शेयरमूल्य ३७५ रुपैयाँलाई आधार बनाई १० प्रतिशत बोनस शेयरपछिको मूल्य ३४१ रुपैयाँ तोकेको छ भने नेपाल बङ्गलादेशको बिहीवारको अन्तिम मूल्य  २६५ रुपैयाँको आधारमा ६ प्रतिशत बोनस शेयरपछिको मूल्य  २५० रुपैयाँतोेकेको छ । 

यी चार कम्पनीले प्रस्तावित बोनसका लागि साधारण सभा आव्हान गरिसकेका छन् । उक्त सभाका लागि पुस १० गते बुक क्लोज गरेकाले नेप्सेले मूल्य समायोजन गरेको हो । आइतवार समायोजन भएको मूल्यको आधारमा यी कम्पनीहरुको शेयर कारोबार सुचारु हुनेछ ।
 

प्रतिक्रिया दिनुहोस