aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८ करोड कित्ता आईपीओ विक्री गर्न पायो अनुमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ पुस २०७७
नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८ करोड कित्ता आईपीओ विक्री गर्न पायो अनुमति

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले सर्वसाधारणलाई आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आईपीओ विक्री गर्न पुस १० गते बोर्डबाट अनुमति पाएको हो । बैंकले उक्त आईपीओ विक्रीको अनुमति माग्दै मंसिर ८ गते बोर्डमा निवेदन दिएको थियो । 

हाल यस बैंकको चुक्तापूँजी १२ अर्ब रुपैयाँ रहेको छ । आईपीओ पश्चात यो पूँजी २० अर्ब रुपैयाँ पुग्नेछ । बैंकको अधिकत पूँजी ४० अर्ब रुपैयाँ र जारी पूँजी २० अर्ब रुपैयाँ रहेको छ । यस बैंकले हालसम्मकै ठुला कित्ता आईपीओ विक्री गर्ने तयारी गरेको हो । कम्पनीको आईपीओ विक्री प्रबन्धकको जिम्मेवारी भने एनआईबिएल एस क्यापिटल लिमिटेडले पुरा गर्नेछ । यस कम्पनीको आईपीओ प्रत्याभूतिकर्ताको जिम्वेवारी भने नागरिक लगानीकोषले पाएको छ ।

चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार यस बैंकको जगेडा कोषमा १ अर्ब ८१ करोड ४७ लाख ६ हजार रुपैयाँ सञ्चित रहेको छ । यो अवधिमा बैंकको नाफा १८ करोड १ लाख १३ हजार रुपैयाँ छ । कम्पनीको कुल सम्पत्ति १४ अर्ब २३ करोड ४ लाख ४६ हजार रुपैयाँ छ । प्रतिशेयर आम्दानी पहिलो त्रैमाससम्म ६ रुपैयाँ रहेको छ । 


 

प्रतिक्रिया दिनुहोस