aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

नेशनल लाइफ इन्स्योरेन्सले डाक्यो साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ पुस २०७७
नेशनल लाइफ इन्स्योरेन्सले डाक्यो साधारण सभा

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा माघ १५ गते हुने भएको छ । कम्पनीको केन्द्रिय कार्यालय लाजिम्पाट, काठमाडौंमा बिहान १०ः३० बजे सभा बोलाईएको हो ।  

सभाले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश पारित गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी ३ अर्ब ८ करोड २६ लाख २६ हजार रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो । 

साधारण सभा प्रयोजनकोलागि शेयरधनीदर्ता पुस्तिका माघ २ गते देखि १५ गते सम्म बन्द रहनेछ । माघ १ गते सम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।
 

प्रतिक्रिया दिनुहोस