aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नागरिक लगानी कोषको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १३ पुस २०७७
नागरिक लगानी कोषको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नागरिक लगानीकोषले पुस २८ गतेदेखि निष्कासन गर्ने हकप्रद शेयर पुस १३ गतेसम्म कायम शेयरधनीहरुले मात्र भर्न पाउने छन् । कोषले १ बराबर शून्य दशमलव ८३ को अनुपातमा  १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २०० रुपैयाँ बराबरको १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद शेयर विक्री गर्न लागेको हो । 

यो हकप्रद प्रयोजनका लागि कम्पनीले पुस १४ गते एक दिन बुक क्लोज गर्ने भएकाले पुस १३ गतेसम्मका शेयरधनीहरु मात्र योग्य हुने भएका हुन । कोषले माघ १९ गतेसम्मका लागि हकप्रद शेयर विक्री खुला गर्न लागेको हो ।  हकप्रद विक्री प्रबन्धकमा आरबिबि मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

 विक्री प्रबन्धकसँगै राष्ट्रिय वाणिज्य बैंकका विरगञ्ज, जनकपुर, चितवन, काभ्रे, बाँके, सुर्खेत, कैलाली, मकवानपुर, झापाको शाखा कार्यालय र नागरिक लगानीकोषको काठमाडौं, विराटनगर र पोखराको कार्यायबाट पनि आवेदन दिन सकिने व्यवस्था छ । 

साथै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ । कोषको हकप्रद शेयरलाई इक्रा नेपालले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने इक्रा एनपी आइआर ए प्लस रेटिङ प्रदान गरेको छ ।

कोषले गत असार २० गते सम्पन्न २५ औं वार्षिक साधारण सभा मार्फत सो हकप्रदको प्रस्ताव पारित गरेको थियो । उक्त सभा मार्फत २२ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको कोषको बोनस पश्चात चुक्तापूँजी १ अर्ब ६४ करोड ७ लाख रुपैयाँ पुगेको छ । सोहि पूँजीको आधारमा कोषले हकप्रद विक्री गर्न लागेको हो । यो हकप्रद शेयर विक्री गर्न गत भदौ २२ गते बोर्डमा निवेदन दिएको कोषले पुस २ गते स्वीकृति पाएको हो । 
 

प्रतिक्रिया दिनुहोस