aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

चार कम्पनीको लाभांश सुरक्षित गर्ने सोमवार अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १३ पुस २०७७
चार कम्पनीको लाभांश सुरक्षित गर्ने सोमवार अन्तिम दिन

काठमाडौं । चार कम्पनीको लाभांश सुरक्षित गर्ने पुस १३ गते सोमबार अन्तिम दिन रहेको छ । हिमालयन बैंक, लुम्बिनी विकास बैंक, मितेरी डेभलपमेण्ट बैंक र एनएमबि लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षितका लागि सोमवारसम्म शेयर कायम गर्नुपर्ने भएको हो ।

 यी कम्पनीहरुले साधारण सभा तथा लाभांश प्रयोजनको लागि पुस १४ गते बुक क्लोज गर्ने भएका छन् । यसर्थ पुस १३ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश र साधारण सभामा भाग लिनका लागि योग्य हुनेछन् । 

लुम्बिनी विकास बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई यस वर्ष ७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारीतका लागि पुस २६ गते साधारण सभा बोलाएको छ । 

त्यसैगरी हिमालयन बैंकले १४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश,मितरी डेभलमपेण्ट बैंकले १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । 

यी दुबै कम्पनीले लाभांश पारीतका लागि पुस २७ गते साधारण सभा  बोलाएका छन् । त्यसैगरी एनएमबि लघुवित्त वित्तीय संस्थाले १६ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले पनि पुस २७ गते साधारण सभा आयोजना गरेको हो ।
 

प्रतिक्रिया दिनुहोस