
काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले २६औं वार्षिक साधारण सभा माघ ७ गते बोलाएको छ । कम्पनीले बिहान १०ः३० बजे कुपण्डोलस्थित होटल हिमालयमा सभा बोलाएको हो ।
कोभिडका कारण भर्चुअल माध्यमबाट सभा गर्ने तयारी कम्पनीको छ । सभामा सहभागी हुन सक्ने शेयरधनीहरुलाई मिटिङ्ग आइडी तथा पासवर्ड कम्पनीको वेबसाइट मार्फट उपलब्ध गराईने कम्पनीको भनाई छ ।
सभाले बीमा समितिको स्वीकृति बमोजिम संस्थापक समूह र सर्वसाधारण समूहको शेयर स्वामित्व संरचना परिवर्तन गरी प्रबन्ध पत्रमा तथा नियमावलीमा संशोधन गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।
साथै, सभाले २०७५/७६ को वार्षिक प्रतिवेदन पारित गर्नेछ । यो वर्ष पनि कम्पनीले लाभांश प्रस्ताव गरेको छैन् । साधारण सभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका पुस २१ गते एक दिन बन्द रहने छ ।
प्रतिक्रिया दिनुहोस