aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सर्वाेत्तम सिमेन्टले बुक विल्डिङ विधिबाट आईपीओ निष्कासन गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १४ पुस २०७७
सर्वाेत्तम सिमेन्टले बुक विल्डिङ विधिबाट आईपीओ निष्कासन गर्ने

काठमाडौं । सर्वाेत्तम सिमेन्ट लिमिटेडले बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्ने प्रस्ताव सहित दोस्रौं वार्षिक साधारण सभा माघ ६ गतेका लागि तय गरेको छ । 

कम्पनीले बिहान १० बजे तिनकुनेमा रहेको न्यौपानेटावरको सर्वाेत्तम सिमेन्टको सभा हलमा सभा गर्न लागेको हो । सभाले बुक विल्डिङ्ग विधिबाट आईपीओ विक्री गर्ने प्रस्ताव सहित गत आर्थिक वर्ष ०७६÷७७ को वार्षिक प्रतिवेदन पारित गर्नेछ । 

साथै, चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको प्रस्तावलाई पनि सभाले अन्तिम रुप दिनेछ । 

प्रतिक्रिया दिनुहोस