aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

आज बाँडफाँड हुँदै चन्द्रागिरी हिल्सको आईपीओ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ पुस २०७७
आज बाँडफाँड हुँदै चन्द्रागिरी हिल्सको आईपीओ

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले स्थानियमा विक्री गरेको आईपीओ आज बाँडफाँट गर्ने भएको छ । कम्पनीले मंसिर १७ गतेदेखि पुस १ गतेसम्म स्थानियका लागि ३ लाख ६ हजार ८१९ कित्ता शेयर विक्री खुला गरेको थियो । 

उक्त अवधिमा रितपूर्वक आवेदन दिने आवेदकलाई आज अपरान्ह ३ बजे शेयर बाँडफाँट गरिने विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जानकारी दिएको छ । 

चन्द्रागिरी हिल्सले आयोजना प्रभावित क्षेत्र काठमाडौं जिल्ला अन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नंम्बर ३, ४, ६ र ७ साविक थानकोट गाविसका सम्पूर्ण वडा र साविक महदेवस्थान गा.वि.स.को वडा नं. ३, ४, ५, ६, ७, ८, एवं मकवनपुर जिल्लाको थाहा नगरपालिका वडा नं. ९ र १० (साविकको चित्लाङ्ग गाविसको सबै वडाहरु) र इन्द्रसरोवर गाउँपालिका वडा नं ५ (साविक फाखेल गाविसका सम्पूर्ण वडाहरु) का स्थानियहरुका लागि पहिलो चरणमा आईपीओ विक्री गरेको हो । स्थानियपछि आम सर्वसाधारणका लागि कम्पनीले आईपीओ विक्री गर्नेछ । 

यस कम्पनीले सर्वसाधारणका लागि कुल १८ लाख ४० हजार ९१० कित्ता आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट कार्तिक २८ गते अनुमति पाएको हो । पहिलो चरणमा स्थानियका लागि २ प्रतिशत शेयर जारी गरेको हो । दोस्रो चरणमा १० प्रतिशत दरको कम्पनीको कर्मचारी समेत गरी १५ लाख ३४ हजार ९१ कित्ता शेयर अन्य सर्वसाधारणमा जारी हुनेछ । आईपीओ पश्चात कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५३ करोड ४० लाख ९१ हजार पुग्नेछ ।

हाल यस कम्पनीको संस्थापकबाट चुक्ता भएको पूँजी रू. १ अर्ब ३५ करोड रहेको छ । यस कम्पनीले केबुलकार, होटल तथा रिसोर्ट र एम्बुजमेण्ट पार्क लगाएतका परियोजना सञ्चालन गरिरहेको छ । आर्थिक वर्ष ०७५/७६ सम्मको वास्तविक प्रतिशेयर नेटवर्थ रू. ९६ दशमलव ६९ रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस