aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

आईपीओको प्रस्ताव सहित दोर्दी खोलाको वार्षिक साधारण सभा आव्हान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ पुस २०७७
आईपीओको प्रस्ताव सहित दोर्दी खोलाको वार्षिक साधारण सभा आव्हान

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीको वार्षिक साधारण सभा माघ ९ गते हुने भएको छ । कम्पनीको कार्यालय, त्रिपुरेश्वरबाट जुममार्फत बिहान ११ सभा आयोजना गरेको हो । जुम आइडी र पासकोर्ड कम्पनीले उपलब्ध गराउँने बताएको छ । 

कम्पनीको पुस १२ गते बसेको सञ्चालक समितिको बैठकले सभा आयोजना गरेको हो । साधारण सभाको विशेष प्रस्तावमा सर्वसाधारण (आईपीओ)का लागि शेयर निष्कासन गर्ने रहेको छ । सो साधारण सभा प्रयोजनको लागि कम्पनीको शेयरधनी दर्ता पुस्तिका पुस १२ गतेदेखि माघ ९ गतेसम्म बन्द रहनेछ ।
 

प्रतिक्रिया दिनुहोस