
काठमाडौं । नेपालको पर्यटकीय केन्द्र ठमेलको पिछडिएको भगवान बहाल क्षेत्रलाई राजधानीको आर्थिक गतिविधिको केन्द्र बनाउने उद्देश्यले स्थापना भएको छाँया देवी कम्प्लेक्सको विरोध गर्नेहरुलाई सम्बद्ध मजदूर युनियनहरुले चेतावनी दिएका छन् ।
नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर युनियन केन्द्रिय कमिटि र नेपाल टेकिङ्ग, ट्राभल्स, ¥याफ्टिङ्ग, एयरलायन्स, संस्कृति, पुरातात्वीक, कार्गाे, कुरियर श्रमिक मजदुर युनियन(युनिट्राभ), केन्द्रिय कमिटिहरुले संयुक्त रुपममा यस्तो चेतावनी दिएका हुन् । छाँया सेन्टरमा सञ्चालित विभिन्न व्यवसायमा हाल १२०० मजदूर कार्यरत छन् ।
दुवै मजदूर संगठनहरुका तर्फबाट भागवतनसिंह प्रधानलाई बुझाइएको चेतावनीयुक्त ज्ञापन पत्रमा प्रचलित कानून अनुसार अनुमति लिएर छायाँदेवीकम्प्लेक्समा निर्बाध रुपमावैधानिक व्यवसायिकक्रियाकलापसञ्चालन गर्न पाउने सबैधानिक हक र अधिकारमा अवरोध सिर्जना गर्दै मजदुरहरु माथी चुनौती सृजना गरिएको उल्लेख गर्दै भनिएको छ,“तपाई लगायतले नियमित हस्तक्षेप गरि ग्राहक भडकाउने अतिथिहरुलाई दबाबदिने, बिशिष्ट पाहुना तथा प्रमुख अतिथिहरुलाई छायाँ देबि कम्प्लेक्स वा छायाँ सेन्टरमा हुने कुनै पनि कार्यक्रममा सरीकन हुन दबाब सृजना गर्नुका साथै मेरियट ईन्टरनेशनल, भि.एफ.एस. (अन्र्तराष्ट्रिय भिषा सहजीकरण कार्यालय)काअन्र्तराष्ट्रिय हेडक्वाटरहरु लगायत विभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय सम्बन्धमा दबाब दिनु हो । साथै, सामाजिक संजालहरुमार्फत गलत सन्देश प्रवाह गरी व्यवसायिक साझेदारी प्रवद्र्धन तथा प्रतिष्ठामाथि क्रमव्द्ध आक्रमण भईरहेका कारण त्यहाँ रहेका करिब १२०० मजदुर तथा स्वरोजगार व्यवसायीहरुको जीवन निर्वाह समेत धरापमा पर्न गएको छ ।”
देशको पर्यटकीय र आर्थिक क्रियाकलापमा पनि असर पर्न गएको उल्लेख गर्दै भनेका छन,“उपरोक्त अवाञ्छित क्रियाकलाप तथा व्यवसायमाथिको दुष्प्रचार तथा आक्रमण रोकीतपाई आफैद्वारा दायर मुद्दा माथि सम्मानीत अदालतको निर्णय प्रतिनिष्ठायुक्त प्रतिवद्धता ३ दिन भित्र नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर युनियन केन्द्रिय कमिटि र नेपाल ट्रेकिङ्ग, ट्राभल्स, ¥याफ्टिङ्ग, एयरलायन्स, सस्कृति, पुरातात्विक, कार्गाे, कुरियर श्रमिकमजदुर युनियन(युनिट्राभ), केन्द्रिय कमिटिमा जानकारी गराउनहुन अनुरोध गरिएको छ । अन्यथा तपाईको अवाञ्छित गतिवि धिविरुद्ध मजदुरको रोजीरोटीसहित हकहीतका निम्ति उत्रन बाध्यहुने व्यहोरा अवगत गराईन्छ ।”
युनिट्राभ केन्द्रिय कमिटिका महासचिव रामबहादुर श्रेष्ठको नेतृत्वमा गएको मजदुरहरुको समूहले बुझाएको ज्ञापन पत्रमा अध्यक्ष, नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेस्टुरेन्टमजदुर युनियन, केन्द्रिय कमिटिका अध्यक्ष सुर्यबहादुर कुँवर र युनिट्राभ केन्द्रिय कमिटिका अध्यक्ष सुमन पराजुलीले हस्ताक्षर गर्नुभएको छ ।
विश्वस्तरीय एलफट् होटल अवस्थित छाँया कम्प्लेक्समा काठमाडौंका प्रतिष्ठित नेवार समुदाय र नेपालका प्रतिष्ठित व्यापारिक घरानाको अर्वाेंको लगानी रहेको छ । यो सेन्टरमाहोटल बाहेक स्तरीय क्यासिनो, नाईट क्लब, रेस्टुेन्ट तथा कफि सप, सिनेमा घर र विश्वका प्रतिष्ठित कम्पनीहरुका ब्राण्डेड सामानहरुको शो रुम रहेको छ । यस छायाँ देवी कम्प्लेक्सले खरिद गरेको जग्गाका बारेमा कुनै विवाद नरहेको पत्र विक्रमशील महाविहार सिंहसार्थ बाहु गरुड भगवान गुठीले छाँयादेवी कम्प्लेक्सलाई दिइसकेको छ ।
प्रतिक्रिया दिनुहोस