aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

टिपर आतंक यथावत, विहीबारमात्रै दुई पैदलयात्रुको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ पुस २०७७
टिपर आतंक यथावत, विहीबारमात्रै दुई पैदलयात्रुको मृत्यु

काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा टिपरको ठक्करबाट दुई पैदलयात्रुको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका–१० काठमाडौँ आयल स्टोरस्थित सडकमा बा४ख २५७७ नम्बरको टिपरको ठक्करबाट बुधबार राति दुई पैदलयात्रुको मृत्यु भएको हो । 

मृत्यु हुनेमा धादिङ गल्छी गाउँपालिका घर भई काठमाडौं थापाथली बस्ने २७ वर्षीय अभय लामा र चितवन घर भई चन्द्रागिरि–१२ गुर्जुधारा बस्ने २५ वर्षीय सुवास गमाल रहेको प्रहरी प्रधान कार्यालय केन्द्रीय समाचार कक्षले जनाएको छ । दुर्घटनामा संलग्न टिपर र चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस