
काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले पुस २४ गते शुक्रबारदेखि साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले दोस्रो चरणमा प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरले १५ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता शेयर जारी गर्न लागेको हो ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार जसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता शेयर कम्पनीका कर्मचारी तथा ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता शेयर सामुहिक लगानी कोषकहरुका लागि छ्ट्याइएको छ । कम्पनीले १३ लाख ९६ हजार २२ कित्ता शेयर सर्वसारलाई बिक्री गर्ने जनाएको छ ।
कम्पनीको आईपीओमा यहि पुस २४ गतेदेखि २८ गतेसम्म आवेदन दिन पाइनेछ । ईच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अघिकतम १३ हजार ९६० कित्तासम्म आवेदन गर्न पाउनेछन् । १० कित्ते बाँडफाँड नीति भएकाले १० कित्ता मात्र शेयर आवेदन गर्नु उचित हुनेछ । कम्पनीको आईपीओमा मेरो शेयर एप, मेरो शेयर सफ्टवेयर तथा सिआश्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन गर्न सकिनेछ ।
प्रतिक्रिया दिनुहोस