
काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलमपेण्ट लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । भदौ ९ गते धितोपत्र बजारमा सूचीकृत भएको यस कम्पनीले गत आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट २ दशमलव ८५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले साउन १६ गतेदेखि २१ गतेसम्म सर्वसाधारणका लागि आईपीओ विक्री गरी साउन २७ गते बाँडफाँट गरेको थियो । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १३ करोड २६ लाख ८२ हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपश्चात मात्र वितरण हुनेछ ।
प्रतिक्रिया दिनुहोस