
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ शुक्रवार धितोपत्र दोस्रो बजारमा सूचीकृत भएको छ । सूचीकृत भएसँगै आइतवारदेखि कम्पनीको शेयर कारोबार गर्न सकिनेछ ।
कम्पनीले संस्थापकतर्फको १ करोड ४० लाख र सर्वसाधारण तर्फको ६० लाख कित्ता गरी कुल २ करोड कित्ता शेयर सूचीकृत गराएको हो ।
आइतवारदेखि कारोबार योग्य भएको यो शेयरको पहिलो कारोबारका लागि नेप्सेले रू. १०१ दशमलव ५९ देखि रू. ३२८ दशमलव ६८ को मूल्य रेञ्ज तोकेको छ । प्रभु लाईफ इन्स्योरेन्सले मंसिर २९ गतेदेखि पुस २ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरेको थियो ।
प्रतिक्रिया दिनुहोस