
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युतका पोलहरू सार्दा, ट्रान्सफर्मर प्रतिस्थापन गर्दा, वितरण प्रणालीका पुराना संरचनाहरू मर्मत संभार तथा बदली गर्दा बेला बेलामा बिजुली गएको बताएको छ । विद्युत प्रवाह भैरहेका संरचनाहरूमा प्राकृतिक वा आकस्मिक समस्याहरू आउँदा र सो समस्या समाधानार्थ मर्मत गर्दा समस्या आएको उसको भनाइ छ । यस्ता स्थानमा विद्युत आपूर्ति काटेर तत्कालै मर्मत संभार गरी विद्युत आपूर्ति सूचारु गर्ने गरिएको प्राधिकरणले आज शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
विद्युतका उपभोक्ताहरूको माग (म्झबलम) भन्दा आपूर्ति कम भएको अवस्थामा मात्र लोडसेडिङ गर्नुपर्ने बाध्यता रहन्छ । हाल नेपालको विद्युत प्रणालीमा प्राधिकरणको आन्तरीक उत्पादन, निजी क्षेत्रको उत्पादन र नपुग हुँदा भारतबाट आयात गरी विद्युत माग बराबर नै आपूर्ति गरिराखेको कारणले लोडसेडिङ नभएको र भविष्यमा पनि गरिने अवस्था नरहेको प्राधिकरणले स्पष्ट पारेको छ ।
राष्ट्रिय विद्युत प्रणालीमा भारवहन क्षमता भन्दा बढी विद्युत प्रवाह हुँदा केही समय विद्युत प्रसारण तथा आपूर्तिमा भएको अवरोध लोडसेडिङ नभएको बताइएको छ । तथापि त्यस्तो अवरोध न्यूनीकरण र निराकरण गर्न प्राधिकरण सक्षम छ र सदैव प्रयासरत छ,’ प्रेस विज्ञप्तीमा भनिएको छ ।
‘पुस १३ र १४ गते राष्ट्रिय विद्युत प्रणालीमा प्राविधिक समस्या आएकाले बत्ती गएको हो । २०७७ पुस १३ गते सोमबार एकीकृत राष्ट्रिय विद्युत प्रणालीमा साँझ ६ः२५ बजे १४३१ मेगावाटको लोड थियो । सो समयमा खिम्ती–लामोसाँगु १३२ केभि प्रसारण लाइन पूर्ण क्षमतामा संचालित भएको थियो ।
खिम्ती लामोसाँगु–भक्तपूर– मातातीथ––हेटौंडा–ढल्केबर प्रसारण लाइन एउटैमा संचालित भएकोमा, सोही समयमा माङ्दी जलविद्युत केन्द्रको जलाशयमा पानीको सतह न्यूनतममा पुगे पछि प्रणालीमा यथावत सूचारू राख्न त्यहाँको उत्पादन घटाउँदा भारतबाट आयात गर्ने विद्युतको मात्रा बढी हुन गयो र सोही समयमा खिम्ती–लामोसाँगु प्रसारण लाइन ओभरलोड भयो । सो समस्याको निराकरणको लागी दिउँसोको समयमा भारतबाट आयात बढाइ, अर्धजलाशय जलविद्युत केन्द्रहरूको बढाएर राख्ने र साँझमा त्यहाँबाट सप्लाई व्यवस्थापन गर्ने साथै, तुलनात्मक कमजोर प्रसारण लाइनहरूमा विशेष ध्यान पुर्याइ संचालनमा ल्याउने गरिएको छ ।
प्रतिक्रिया दिनुहोस