aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

नयाँ बसपार्कभित्र ‘पेट्रोल पम्प’ स्थापना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ पुस २०७७
नयाँ बसपार्कभित्र ‘पेट्रोल पम्प’ स्थापना

काठमाडौं । गोँगबुस्थित नयाँ बसपार्कमा ‘पेट्रोल पम्प’ स्थापना गरिएको छ । नयाँ बसपार्क सञ्चालनको जिम्मा लिएको ल्होत्से बहुउद्देश्यीय प्रालिले बसपार्क हाताभित्र ‘पेट्रोल पम्प’ स्थापना गरेको हो । उक्त पम्प आगामी हप्ताभित्र सञ्चालनमा आउने ल्होत्से बहुउद्देश्यीय प्रालिले बताएको छ । 

विसं २०६१ देखि पायोनियर फ्युल एण्ड लुव्रिकेन्ट कम्पनीमार्फत डिजेल मात्र बिक्री वितरण गर्दै आएको ल्होत्सेले पहिलो पटक पेट्रोल बिक्री वितरण शुरु गर्न लागेको हो । उक्त पम्पले हाल चारवटा मेसिनबाट सवारी साधनमा डिजेल भर्दै आएको छ । 

नयाँ बसपार्कमा एक लाख १२ हजार लिटर इन्धन भण्डारण क्षमता रहेको छ । जसमा हाल चारवटा मेसिनले २० हजार लिटरका दरले सवारी साधनमा इन्धन भर्दै आएका छन् । पेट्रोल पम्पको क्षमता भने १६ हजार लिटर क्षमता रहेको छ ।  कूल १६१ रोपनी क्षेत्रफल रहेको नयाँ बसपार्क नेपालको एक मात्र राष्ट्रिय बसपार्क हो । यहाँबाट हाल दैनिक एक हजारदेखि एक हजार ५०० सार्वजनिक सवारी साधन यात्रु बोकेर देशभरका ५० भन्दा बढी जिल्लामा आवतजावत गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस