aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

घलेम्दी हाइड्रोद्वारा दुई वर्षको संयुक्त सभा माघ १५ गतेको लागि आव्हान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ पुस २०७७
घलेम्दी हाइड्रोद्वारा दुई वर्षको संयुक्त सभा माघ १५ गतेको लागि आव्हान

काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडले विगत दुई आर्थिक वर्ष ०७४/७५ र ०७५/७६ को संयुक्त पाँचौ र छैठौं वार्षिक साधारण सभा माघ १५ गते बोलाएको छ । कम्पनीको पुस १७ गतेको सञ्चालक समितिको बैठकले होटल मुनलाईट पक्नाजोल, काठमाडौंमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । 

सभाले दुई आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको प्रस्ताव पारित गर्नेछ । साथै सर्वसाधारण समूहबाट प्रतिनिधित्व रहने गरी दुई सञ्चालकको नियुक्ती गर्ने विषयलाई पनि सभाले अन्तिम रुप दिनेछ । सभा प्रयोजनका लागि कम्पनीले माघ ५ गते एक दिन बुक क्लोज गर्ने बताएको छ ।
 

प्रतिक्रिया दिनुहोस