aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

शुभम पावरले माघ १६ गतेका लागि आव्हान गर्यो साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० पुस २०७७
शुभम पावरले माघ १६ गतेका लागि आव्हान गर्यो साधारण सभा

काठमाडौं । शुभम पावर लिमिटेडले माघ १६ गते छैटौं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको सञ्चालक समितिको पुस १९ गते बसेको बैठकले साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो । कम्पनीले बिहान ११ बजे कमलादी, काठमाडौंमा सभा गर्ने जानकारी दिएको छ ।

सभाले आर्थिक वर्ष २०७६÷७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु छलफल गरी पारित गर्नेछ ।
 
त्यस्तै, आर्थिक वर्ष २०७७÷७८ को लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति एवंम निजको पारिश्रमिक निर्धारण गर्ने र ठेगाना परिवर्तन गरी प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि पारित गर्ने छ । 

प्रतिक्रिया दिनुहोस