
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । उक्त संस्थाले २१ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
संस्थाको पौष १९ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।
प्रतिक्रिया दिनुहोस