
काठमाडौं । नेपाली सेनाले विभिन्न ११ पदमा २ सय ९४ जना कर्मचारी माग गरेको छ । मंगलबार एक सूचनामार्फत सेनाले लेखा जमदार ५० जना, पुजारी हुद्धा ४ जना, अमल्दार कर्मचारी ५३ जना, बन्दोबस्ती कार्य सिपाही ९६ जना, सूचीकार १० जना, कूचीकार ५३ जना, चर्मकर्मी ११ जना, लोहकार ८ जना धोबी २ जना, केशकर्तक २ जना र सयस पदमा ५ जना माग गरेको हो ।
सबै पदमा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गरिने सेनाले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख गरिएको छ । इच्छुक र योग्यता पुगेका उम्मेदवारले पुस २१ गतेदेखि माघ २१ गतेभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख गरिएको छ । त्यसको थप ७ दिनभित्र दोब्बर दस्तुर तिरेर पनि आवेदन दिन सकिने सेनाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस