
काठमाडौं । मंगलवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले गुहेश्वरी मर्चेण्ट बैंक एण्ड फाइनान्सको शेयरमूल्य समायोजन गरेको छ । गुहेश्वरी मर्चेण्ट बैंक एण्ड फाइनान्सको ८ प्रतिशत बोनसपछिको मूल्य नेप्सेले १९३ रुपैयाँ तोकेको छ । यस कम्पनीको सोमवार कायम अन्तिम शेयरमूल्य २०८ रुपैयाँको आधारमा नेप्सेले गुहेश्वरी मर्चेण्टको बोनस शेयरमा मूल्य समायोजन गरेको हो ।
त्यस्तै , गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्सले पनि बोनससँगै कर प्रयोजन समेत ३ दशमलव ४० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्न कम्पनीले पुस २८ गते साधारण सभा बोलाएको छ ।
प्रतिक्रिया दिनुहोस