
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले कुल ३८ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्ष ०७६/७७ को वितरणयोग्य मुनाफाबाट ३६ दशमलव १ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले गत असारमसान्तसम्म कायम चुक्तापूँजी १ अर्ब ५ करोड ७३ लाख १० रुपैयाँ हजारको आधारमा उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो । हाल कम्पनीले नियामक निकाय बीमा समितिको स्वीकृति पश्चात आगामी साधारण सभाबाट पारित गरी लाभांश वितरण गर्ने तयारी कम्पनीले गरेको हो ।
चालू आर्थिक वर्षमा ३० प्रतिशत हकप्रद शेयर विक्री गरी हाल चुक्तापूँजी १ अर्ब ३७ करोड ४५ लाख ३ हजार रुपैयाँ पुगेको छ । सो पूँजीको आधारमा भने कम्पनीले प्रस्ताव गरेको लाभांश २७ दशमलव ७७ प्रतिशत बोनस शेयर र १ दशमलव ४६ प्रतिशत नगद लाभांश गरी कुल २९ दशमलव २३ प्रतिशत हुने समेत कम्पनीले प्रष्ट पारेको छ । कम्पनीको पुस २० गतेको सञ्चालक समितिले लाभांश सम्बन्धि निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस