
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम दिन रहेको छ । कम्पनीले प्रस्तावित लाभांश र साधारण सभा प्रयोजनको लागि पुस २२ गते बुक क्लोज गर्ने भएकाले पुस २१ गते सम्म लाभांशका लागि शेयर कायम गर्नुपर्ने भएको हो ।
यस कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १३ प्रतिशत बोनस शेयर ५ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारीतका लागि आगामी माघ ८ गते साधारण सभा बोलाएको छ ।
प्रतिक्रिया दिनुहोस