aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

दुई जलविद्युत सहित तिन कम्पनीको साधारण सभा बुधबार हुदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २१ पुस २०७७
दुई जलविद्युत सहित तिन कम्पनीको साधारण सभा बुधबार हुदै

काठमाडौं । दुई जलविद्युत कम्पनी सहित तिन कम्पनीहरुको साधारण सभा बुधबार हुदैछ । युनाइटेड मोदी हाइड्रोपावर कम्पनी, बोटलर्स नेपाल तराई र सिनर्जी पावर डेभलपमेण्ट कम्पनीले साधारण सभा बोलाएका हुन । युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले कम्पनीको रजिष्टर्ड कार्यालय हेरिटेज प्लाजा कमलादीमा बिहान ११ बजे साधारण सभा बोलाएको हो । 

सभाले ५ दशमलव २६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ । पुस ४ गते सम्म कायम शेयरधनीले लाभांश पाउनेछन् । त्यसैगरी बोटलर्स नेपाल तराईले कम्पनीको रजिष्टर्ड कार्याल बालाजु दिउँसो २ बजे साधारण सभा बोलाएको छ । 

सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन पारीत गर्नेछ । त्यस्तै सिनर्जी पावर डेभलपमेण्ट कम्पनीले रजिष्टर्ड कार्यालय नक्सालमा बिहान ११ बजे साधारण सभा बोलाएको छ । सभाले ४ दशमलव ७५ प्रतिशत बोनस शेयर र शून्य दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ । यस कम्पनीको लाभांश पुस ११ गते सम्म कायम शेयरधनीले पाउनेछ । 
 

प्रतिक्रिया दिनुहोस