aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

सिंगटी हाइड्रोले पायो आईपीओ निष्काशन अनुमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ पुस २०७७
सिंगटी हाइड्रोले पायो आईपीओ निष्काशन अनुमति

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेडले साधारण शेयर (आईपीओ) निष्काशनको अनुमति पाएको छ । कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट आईपीओ निष्काशन गर्न अनुमति पाएको हो । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४३ करोड ५० लाख रूपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७६ साल भदौ २० गते सेबोनमा निवेदन पेश गरेको थियो । बोर्डले पुस २१ गते मंगलबार कम्पनिलाई आइपिओ निष्कासन गर्ने अनुमति दिएको हो । 

उक्त आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम मेगा क्यापिटल मार्केट लिमिटेडले गर्ने कम्पनीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस